रत्ननगर : रत्ननगर १४ मा रहेको रामलिला टोल बिकाश संस्थाको अध्यक्षमा टिकाराम लामिछाने चयन भएका छन् । बुधबार भएको टोल भेलाले लामिछानेको अध्यक्षतामा ११ सदस्य टोल बिकाश संस्था गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा बोल प्रसाद तिवारी, सचिबमा शिब प्रसाद चालिसे, कोषाध्क्षमा सिता गौतम, सह सचिबमा कबिता कोईराला त्यस्तै सदस्यहरुमा नारायण परियार, बिष्णु ढुङ्गेल, डिल्ली प्रसाद पन्त, राम प्रसाद पराजुली, मञ्जु भट्ट र हिमाल देबि कुँवर लाई चयन गरेको छ ।

त्यस्तै लेखा समिति तर्फ धर्म चालिसे, राजु पौडेल,मुना चेपाङ रहेका छन् । कलाकारिताको क्षेत्रमा खोयाबिर्के बा को नामले परिचित लामिछानेले दर्जन बढि म्युजिक भिडियो त्यस्तै १०० बढी हास्य शृंखलामा अभिनय समेत गरेका छन् । टोलमा विविध गतिविधि संचालन गरि रामलिला टोललाई रत्ननगरको नमुना टोल बनाउने अध्यक्ष लामिछाने बताउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार