७ पुस, चितवन
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा चितवनमा युवा विद्यार्थीहरुले दिप प्रज्वलन गरेका छन् । संसद विघटन गरेको समर्थनमा उनीहरुले भरतपुरको चौविसकोठीमा दिप प्रज्वलन गरेका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा प्रचण्ड नेपाल समुहका कार्यकर्ताले विरोध गर्दै कोण सभा र नाराबाजी गरिरहदाँ यहाँ ओली निकटका युवा र विद्यार्थीहरुको एक समूहले दिप प्रज्वलन गर्दै प्रम ओलीको स्वागत गरेको युवा नेता कमल पाठकले बताए । उनीहरुले सामुहिक रुपमा दिप प्रज्वलन गर्दै ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो ।’ ’केपी ओली जिन्दाबाद, नेकपा जिन्दावाद, भोट के मा सूर्यमा, जबज जिन्दाबाद ’ जस्ता नारा पनि लगाएका थिए ।
सो अवसरमा युवाका केन्द्रय सदस्य प्रताप डल्लाकोटीले गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन प्रधानमन्त्री चालेको कदम उचित भएको दावी गरे । सो अवसरमा युवाहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड माधव समुहले घेराबन्दी बनाएकाले संसद विघटन गर्नु परेको बताए । यसअघि चितवन पनि खैरहनीमा दिप प्रज्वलन गरिएको थियो .

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार