चितवन : चितवनको कालिका नगरपालिकामा लैंगिक मैत्री सुशासन एवं जवाफदेहिताअभिवृद्धिका लागि चेपाङ समुदाय र सरोकारवाला निकायहरु बिच वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अति सिमान्तकृत चेपाङ समुदायहरुको बाक्लो बसोबास रहेका कालिका नगरपालिकाका वडा न ३,८,९,१०,र ११ का चेपाङ समुदायलाई लक्षित गरेर अन्डेफको सहयोगमा डेक – नेपाल सौराहाद्धारा संचालन गरेको लैङ्गिकउत्तरदायी सुशासन प्रवर्धनका लागी यूवा अगुवा चेपाङ महिलाहरुको सशक्तिकरण कार्यक्रम संचालन भैरहेको छ । स्थानीय सुशासन प्रक्रियालाई लैंङ्गीक उत्तरदायी, समावेशी र सम्मानजनक बनाउने र आदिवासी चेपाङ महिलाहरूको मानव अधिकारको रक्षा तथा सशक्तिकरण गर्न, स्थानीयनिकाय,नागरिक समाज संस्थातथा सामुदायिक नेतृत्वको क्षमता अभिवृद्धि गर्दै चेपाङ समुदायको शिक्षा, स्वाथ्य, आर्थिक, सामाजिक तथा राजनैतिक मुद्दाहरुलाई उठान गरि सम्बन्धित सरोकारवाला निकायहरु समक्ष लैजान प्रतिवद्धता गर्ने तथा पैरवि गर्न कार्यक्रमको आयोजना गरेको डेक नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले बताए ।
कार्यक्रममा निर्देशक कार्कीले परियोजनाअन्तर्गत हालसम्म गरेको कार्यक्रम र यसको उपलव्धिहरुको बारेमा सरोकारवाला हरुलाई जानकारी गारएका थिए । कार्यक्रममा नेपाल चेपाङ संघका पुर्व महासचिव सन्तबहादुर चेपाङले लैङ्गिक उत्तरदायी सुशानस प्रवर्धनका लागीः नीतिगत अवधारणा पत्रको प्रस्तुत गरेकाथिए ।
अन्तरक्रिया कार्यक्रममा कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले चेपाङ समुदायको आर्थिक विकासमा नगरपालिकाले जनता आवास कार्यक्रम संचालन लगाएत सिद्धिमा प्रदेस सरकारको सहयोगमा ४०० जनाको लागीछात्रावास निमार्णको थालनिभएको जानकारी गराउनु भयो ।
उहाले चेपाङ समुदायको विकासकालागीपालिकाले बजेट छुट्टयपनि उपभोक्ता समितिबनाएर लिननआएको बताए । कार्यक्रममावोल्दै अगुवाचेपाङ पैरवीमञ्च कालिका ११ काअध्यक्ष सजिना चेपाङले कार्यक्रमले महिलाहरुलाई समुहमा आवद्ध गराएर सरोकारवाला निकाय संग आफ्नोकुरा राख्न सक्ने, तालिम गोष्ठीहरुमा भागलिन सक्ने बनाएको, चेपाङ समुदायमा विद्यमान वाल विवाह, बहु विवाह, जाँड रक्सी जुवातास विरुद्ध जनचेतनामुलक अभियान चलाउन सक्ने भएको र कोभिड १९को महामारीमा पैरवि मञ्चले राहात वितरणको कार्य गरेको बताईन ।
कालिका नगरपालिका वडा नं. ११ काअध्यक्ष कृष्ण वहादुर चेपाङलले सरकारी कार्यालयबाट सेवा लिन अझै पनि चेपाङ समुदायले भनसुन सोर्सफोर्स लगाउनु पर्ने ,भुमिपुत्रभएर पनिजग्गाको लालपुर्जा लिननसकेर चेपाङहरु अहिले सम्म सुकुम्बासी भएको भन्दै चिन्ता व्यक्तगर्नु भयो ।
प्रदेश सांसद सन्तवहादुर चेपाङले संघियताले चेपाङहरुको आफ्नो अधिकारलाई कुण्ठित गरेको भान परेको बताए । चेपाङ समुदाय भित्र विद्यमान विविध समस्या समाधानगर्न चेपाङ समुदायलाई संरक्षित समुदाय अन्तर्गत राखेर कार्यक्रम ल्याईनुपर्ने बताउनु भयो ।
कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सुकुम्वासी समस्या समाधान उन्मुख रहेकाले सर्वेक्षणमा सहभागी हुन आग्रह गर्नु भएको छ ।उहाले अब टोली सर्वेक्षणका लागि आउने जानकारी दिनु भयो । ‘सर्वेक्षणमा आफ्नो जग्गादर्ता गराउन छुटाउन हुदैन तपाइहरु सवै सचेत भएर लाग्नुहोस’ सभापति पोखरेलले ‘सुकुम्वासी समस्या समाधानको लागि सरकार लागि परेको बताउदै
सिमान्तकृत आदिवासी चेपाङ सुमदायमा नागरिकता समस्या आफै विद्यमान रहेकाले त्यसलाई छिटो समाधान गर्ने जानकारी दिनु भयो । तत्कालिन राजा महेन्द्रको समयमा चेपाङलाई प्रजा भनेर नागरिकता दिएको जन्मको आधारमा नागरिकता दिएको लगायतका समस्या रहेकाले अब वंशजको आधारमा वितरण गर्ने जानकारी दिनु भयो ।
निर्वाचन क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले जनता आवास कार्यक्रम मार्फत जिल्लामा दुइसय घर निर्माण हुदै गरेको जानकारी दिनु भयो । संघ मार्फत रहेको जनता आवास कार्यक्रममा केही जटिलता रहेको कारण काम हुन नसकेकोमा अहिले प्रदेशलाई अधिकार दिएकाले अबकाम छिटो हुने बताउनु भयो । गरिब विपन्न चेपाङ समुदाय अब घर विहीन नहुने भन्दै सबैको आवासको ग्यारेन्टी दिने जानकारी दिनु भयो ।
कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहालले चेपाङ समुदायको आर्थिक सामाजिक विकासमा प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिनु भयो । उहाले आफ्नो क्षेत्रमाआएका कार्यक्रमको विषयमा जानकारी लिन अनुरोध गर्नु भयो । विपन्न चेपाङलाई निशुल्क स्वास्थ्य, निःशुल्क शिक्षाको व्यवस्था भएको बताउदै जटिल प्रकारको रोग क्यान्सरमा समेत अनुदानको व्यवस्था गरेको जानकारी दिदै उहाले भन्नु भयो ‘ सिपमुलक शिक्षा , रोजगार मुखी तालिम दिएर आर्थिक अवस्था उकास्न प्रयत्न भएको छ ।’
संविधान सभा सदस्य गोविन्दराम चेपाङले राज्यबाट चेपाङ समुदाय हेपिएको आरोप लगाउनु भयो । अन्य समुदाय भन्दा चेपाङ लाई हेर्ने दृष्टिकोणमा सुधार आउन सकेको छैन उहाले भन्नु भयो ‘विकासको मुलधारमा सिमान्तकृत समुदाय लाइ ल्याउनु पर्दछ ।’
नेपाल चेपाङ संघले प्रदेस कमिटिले कालिकामा शुक्रबार आयोजना गरेको कार्यक्रममा कालिका नगरपालिका ३,८,९,१०,११ का चेपाङ महिला पैरवीमञ्चकाअगुवाहरु, अगुवाचेपाङ पुरुषहरु, नेपाल चेपाङ संघ वडा,नगर, जिल्ला, प्रदेस र संघका प्रतिनिधिहरु, वडा अध्यक्ष सदस्य अन्य संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी सहित २३० जनाको सहभागीता रहेको थियो । प्रदेस सचिव लक्ष्मण चेपाङले संचालन गरेको कार्यक्रममा जिल्लाअध्यक्ष भिम चेपाङले अतिथिहरुलाई स्वागत मन्तव्य राखेकाथिए । कार्यक्रम नेपाल चेपाङ संघ प्रदेस कमिटिका अध्यक्ष खुसीलाल चेपाङको अध्यतामा भएको थियो ।

