चितवन : कानुनको धारा अनुसार चेपाङले न्याय नपाए सर्वोच्व जान तयार रहेको वागमती प्रदेश सभा सदस्य माननीय सन्त बहादुर चेपाङले बताउनु भएको छ । आफ्नो अधिकार संघियताले कुण्ठित गरेको भान परेको समेत उहाले बताउनु भएको छ । नेपाल चेपाङ संघले चितवनको खोलेसिमलमा शुक्रबार आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । चेपाङ समुदाय भित्र विद्यमान विविध समस्या समाधान गर्न चेपाङ समुदायलाई संरक्षित समुदाय अन्तर्गत राखेर कार्यक्रम ल्याईनुपर्ने उहाको माग थियो ।

जिम्वेवार निकायले कानुन निर्माण लगायत अन्य विषयमा भिजन सहितको भावनालाई ख्याल नगरेको समेत आरोप लगाउदै, चेपाङलाई माछा होइन बल्छी दिनु पर्ने भन्दै चेपाङ समुदायलाई अगाडी बढाउन सम्बन्धित निकाय जिम्वेवार हुनुपर्ने र चेपाङ समुदाय समेत अलमलमा नपरी सकारात्मक परिवर्तनको बाटोमा अघि बढ्न तत्पर रहनुपर्ने बताउनु भएको छ ।

डेक नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले कार्यपत्र मार्फत प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल , पुर्व संबिधान सभा सदस्य गोविन्दराम चेपाङ, माननीय कृष्णभक्त पोखरेल, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, कालिका नगरपालिका वडा नं. ११ का अध्यक्ष कृष्णवहादुर चेपाङ लगायतले बोल्नुभएको थियो ।

नेपाल चेपाङ संघ प्रदेश सचिव लक्ष्मण चेपाङ्ग द्वारा संचालित कार्यक्रम प्रदेश अध्यक्ष खुसीलाल चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार