चितवन : कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सुकुम्वासी समस्या समाधानको लागि सरकार लागि परेको बताउदै सुकुम्बासी समुदायलाई सर्वेक्षणमा सहभागी हुन आग्रह गर्नु भएको छ । नेपाल चेपाङ संघले चितवनको खोलेसिमलमा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाले अब टोली सर्वेक्षणका लागि आउने जानकारी दिनु भयो । ‘सर्वेक्षणमा आफ्नो जग्गा दर्ता गराउन छुटाउन हुदैन तपाइहरु सवै सचेत भएर लाग्नुहोस’ सभापति पोखरेलको आग्रह थियो ।

सिमान्तकृत आदिवासी चेपाङ सुमदायमा नागरिकता समस्या आफै विद्यमान रहेकाले त्यसलाई छिटो समाधान गर्ने जानकारी दिनु भयो । तत्कालिन राजा महेन्द्रको समयमा चेपाङलाई प्रजा भनेर नागरिकता दिएको जन्मको आधारमा नागरिकता दिएकोलगायतका समस्या रहेकाले अब वंशजको आधारमा वितरण गर्ने जानकारी दिनु भयो ।

निर्वाचन क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले जनता आवास कार्यक्रम मार्फत जिल्लामा दुइसय घर निर्माण हुदै गरेको जानकारी दिनु भयो । संघ मार्फत रहेको जनता आवास कार्यक्रममा केही जटिलता रहेको कारण काम हुन नसकेकोमा अहिले प्रदेशलाई अधिकार दिएकाले अब काम छिटो हुने बताउनु भयो । गरिब विपन्न चेपाङ समुदाय अब घर विहीन नहुने भन्दै सबैको आवासको ग्यारेन्टी दिने जानकारी दिनु भयो ।

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहालले चेपाङ समुदायको आर्थिक सामाजिक विकासमा प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिनु भयो । आफ्नो क्षेत्रमा आएका कार्यक्रमको विषयमा जानकारी लिन अनुरोध गर्नु भयो । विपन्न चेपाङलाई निशुल्क स्वास्थ्य, निःशुल्क शिक्षाको व्यवस्था भएको बताउनु भयो । जटिल प्रकारको रोग क्यान्सरमा समेत अनुदानको व्यवस्था गरेको छ उहाले भन्नु भयो ‘ सिपमुलक ििशक्षा, रोजगारमुखी तालिम दिएर आर्थिक अवस्था उकास्न प्रयत्न भएको छ ।’
संविधान सभा सदस्य गोविन्दराम चेपाङले राज्यबाट चेपाङ समुदाय हेपिएको आरोप लगाउनु भयो । अन्य समुदाय भन्दा चेपाङलाई हेर्ने दृष्टिकोणमा सुधार आउन सकेको छैन उहाले भन्नु भयो ‘विकासको मुल धारमा सिमान्तकृत समुदालाइ ल्याउनु पर्दछ ।’ कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले चेपाङ समुदायको आर्थिक विकासमा पालिकाले कार्यक्रम ल्याएको जानकारी दिनु भयो ।

प्रदेश सांसद सन्तवहादुर चेपाङ, कालिका नगरपालिका वडा नं. ११ का अध्यक्ष कृष्णवहादुर चेपाङलगायतले सरकार कार्यालयबाट सेवा अझै पनि चेपाङ समुदायले अझैपनि भनसुन सोर्सफोर्स लगाउनु पर्ने अवस्था भएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रममा शक्तिखोर, सिद्धी, कोराकलगायतका चेपाङ समुदायहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार