चितवन : चितबनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेमा बोलेरो दुर्घटना भएको छ । जलबिरे चन्डीभञ्याङ ग्रामिण सडकमा चल्ने ४ च ५०५० नम्वरको बोलेरो आँफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अहिले घाइतेको उद्धार गरि उपचारको लागि भरतपुर पठाएको छ।
मृत्यु हुनेहरुमा बलेरो चालक चितवन इच्छाकामना गाउँपालिका ६ बस्ने बर्ष ३० का निर्मल गुरुङ,बर्ष ५० की खिमा कुमारी गुरुङ छन् ।
नयाँ मेडिकल कलेज मा उपचार भैरहेका घाईतेहरुमा ईच्छाकामना ६ बस्ने बर्ष ५० कि चन्द्र माया चेपाङ, बर्ष २२ कि कबिता चेपाङ, बर्ष २० की सुकमती चेपाङ, बर्ष ५१ को तिलक बहादुर गुरुङ , बर्ष ५२ की तुलिमाया गुरुङ ,बर्ष ४६ की सिता गुरुङ , बर्ष ३७ को बालकृण्ण भट्टराइ रहेका छन् ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेका घाइते हरुमा ईच्छाकामना ६ बस्ने बर्ष २३ कि दिया क्षेत्री ,बर्ष ४० की सन्तमाया भुजेल ,बर्ष ३५ कि ज्योती घर्ती , बर्ष ३८ की मिनमाया गुरुङ र बर्ष ३५ कि पुतली माया गुरुङ रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो ।

