रत्ननगर : चितवनको रत्ननगर नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष स्थापना गरिने भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हिंसा न्यूनीकरण र पीडितको व्यवस्थापनको लागि कोष निर्माण गर्न लागिएको छ । बुधवार देखि १६ दिने अभियान सुरु भएको छ । हिजो साझ रत्ननगरका मेयर तथा उपमेयरले सयुक्त रुपमा अभियानको उद्घाटन गरेका छन ।

केन्द्र सरकारको १ लाख रुपैयाका सहयोगमा स्थानीय तहको लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्न लागिएको महिला विकास अधिकृत दीपा घिमिरेले बताइन । कोषले हिंसामा परेका महिलाहरुको उद्दार,न्यायका लागि कानुनी प्रक्रियामा हुने खर्च तथा उनीहरुको आयआर्जनका लागि सहयोग गर्ने छ । सो नगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणको लागि कोष स्थापनासंगै अल्पकालिन आश्रम स्थल निर्माण गर्ने जनाएको छ । हिंसामा परेका महिला तथा वालवालिकाकालाई केही समय सुरक्षित ठाउँमा राख्नका लागि आश्रय स्थल बनाउन लागिएको छ ।

त्यसका लागि नगरपालिकाले एक लाख रुपैया विनियोजन गरेको छ । नगर भित्रका सहकारी तथा सामुदायिक भवनको एक वा दुई वटा कोठालाई व्यवस्थापन गरी आश्रय स्थल बनाइने महिला विकास अधिकृत घिमिरेले बताइन । अभियानको उद्घाटन गर्दै मेयर वनले लैङ्गिक हिंसा कुनै पनि हालतमा सहन नसकिने बताए । हामी हिंसा मुक्त नगर बनाउन चाहन्छौं उनले भने यो प्रयास जारी छ,नगर भित्र हुने कुनै पनि हिस्सा सैय हुदैन । उपमेयर दुवाडीले समाजको विकासक्रमसंगै हिंसाको प्रकृति फेरिएको भएपनि अन्त्य हुन नसकेको बताइन ।

पहिला महिलालाई मात्र हिंसा हुन्थ्यो उनले भनिन् आजभाली महिला पुरुष दुबैले हिंसा व्यहोर्न बाध्य छन । अभियानको उद्घाटनको दिन नगरपालिकाको मुख्य गेटमा दीप प्रज्वलन तथा सेता रिबन लगाउने कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाको अगुवाइमा नगर भित्रका विभिन्न संघसंस्थाको सहकार्यमा लैङ्गिक हिंसा न्यूनीकरणको लागि कानुनी साक्षरता कार्यक्रम तथा विभिन्न सचेतना मुलक कार्यक्रम हुने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार