रत्ननगर : लायन्स क्लब अफ नारायणगढ चितवनले रत्ननगर नगरपालिका–२ मा रहेको सानो घरमा आश्रित २० जना बालबालिकालाई जाडोमा ओड्ने व्लाङ्केट सहयोग गरेको छ ।

क्लबका अध्यक्ष महेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सानो घरकी सञ्चालिका विमला श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष रेशमलाल श्रेष्ठ र देवेन्द्रकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा क्लबका सदस्य खुमप्रसाद पौडेलले कापी, कलम, विस्कुट र चकलेट वितरण गरेका थिए । सानो घरमा २० जना बालबालिका आश्रित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार