रत्ननगर : पुर्बी चितवनको टाडी चोक करिब २ घण्टा सम्म तनावपुर्ण अवस्थामा रहयो । शंकास्पद रुपमा टांडी चोकमा बम भेटिए पछि स्थानिय तथा यात्रुहरुमा त्रासको वातावरण सिर्जना भयो ।
टांडी स्थित निर्माणाधीन आकाशे पुलमा बम फेला परेको थियो । सरकारबाट प्रतिबन्धित नेत्र बिक्रम चन्द (बिप्लब ) नेतृत्वको नेकपाको सातौ पार्टि पुनर्गठन दिबस मनाउने वारे लेखिएको ब्यानरमा डोरीले बाँधेको अवस्थामा दुई वटा शंकास्पद बस्तु जस्तो देखिने बम फेला परेको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोलिले बम डिस्पोज गरिसकेको छ ।

