भरतपुर : आजसम्म चितवनका ८५ जना कोरोना संक्रमितका मृत्यु भएको छ । स्वास्थय कार्यालय चितवनले जारी गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा सवै भन्दा धेरै ६१ देखि ७० बर्ष उमेर समुहका २१ जना छन् ।

५१ देखि ६० र ७१ देखि ८० उमेर समुहका समान १६/१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८० वर्ष उमेर माथिका १७ जना, ४१ देखि ५० उमेर समुहका ७ जना, ३१ देखि ४० उमेर समुहका ६ जनार ० देखि १० र ११ देखि २० वर्षका १/१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु २३ जना महिला र ६२ जना पुरुष रहेका छन् ।

अहिले सम्म भरतपुर महानगरपालिकाका ५१ जना कोरोना संक्रमितको मत्यु भएको छ । खैरहनी नगरपालिकाका ९ , रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका ८, कालिका नगरपालिकाका ७ र इच्छाकामना गाउँपालिकाका १ जनाको मृत्इु भएको छ । माडी नगरपालिकामा भने मत्यु हुने दर शुन्य छ ।

चितवनमा अझै २० प्रतिशत बढि कोरोना संक्रमित निको हुन बाँकी रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनले जारी गरेको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमतिको कुल सख्या ५ हजार ४४२ पुगेको छ । यसैको २० दशमलव ६ प्रतिशत अर्थात् १ हजार १२१ जना निको हुन बाँकी छन् । झण्डै ७८ प्रतिशत संक्रमित भने निको भएका छन् । ७७ दशमलव ८ प्रतिशत अर्थात् ४ हजार २३६ जना निको हुँदा जिल्लामा १ दशमलव ६ प्रतिशत अर्थात् ८५ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म जिल्लामा ५ हजार ४४२ जना संक्रमित भएका छन् । जसमा सवैभन्दा धेरै भरतपुर महानगरपालिकाका मात्रै ३ हजार ८०९ जना संक्रमित रहेका छन् जसमा २९ सय २ जना निको भ ए भने ५१ जनाको मृत्यु भएको छ । ८५६ जना अझै निको हुन बाँकी छ ।

खैरहनी नगरपालिकामा संक्रमितको कुल सख्ंया ३७२ पुगेको छ भने ३०६ जना निको भए, ९ जनाको मृत्यु भएको छ । अझै ५७ जना निको हुन वाँकी छ ।

माडी नगरपालिकामा १०३ संक्रतिमा ९२ जना निको भ एभने ११ जना निको हुन बाँकी छन् । अहिले सम्म मृत्यु दर शून्य रहेको छ । रत्ननगर नगरपालिकामा ६६९ संक्रमितमा ५२८ जना निको भए । १० जनाको मृत्यु भयो भने १३१ जना निको हुन वाँकी छन् ।

राप्तीमा संक्रमितको कुल सख्या २९४ रहेकोमा २५७ जना निको भ ए भने ८ जनाको मृत्यु भएको छ । २९ जना निको हुन बाँकी छन् । कालिका नगरपालिकामा संक्रमितको कुल सख्या १६२ रहेकोमा १२२ जना निको भए । ३४ जनाको उपचार जारी छ भने ६ जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिकामा ३३ जना संक्रमित रहेकोमा २९ जना निको, १ जनाको मृत्यु र ३ जना निको बाँकी रहेको स्वास्थ्य कार्यालय चितवनले जानकारीदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार