रत्ननगर : रत्ननगर नगरपालिकाका मेयर नारायण वनको सौराहामा सभाहल बनाउने एउटा सपना थियो । सौराहामा सभाहल बनाएर पर्यटनको विकास गर्ने उनको सपना पछिल्लो समय पुरा हुने चरणमा रहेको छ । सभाहल निर्माणको कामले तीब्रता पाएसंग मेयर वनको सपना पुरा हुने लगभग निश्चित जस्तै भएको छ ।

लकडाउन र निषेधाज्ञाको बेला सौराहाको पर्यटन बन्द हुँदा पनि सभाहल निर्माणको काम रोकिएन । नेपाल सरकारले चितवनको पर्यटन विकासको लागि सौराहा नजिक रहेको सिसुवार चौरमा सभाहल निर्माण गरिरहेको छ । सौराहामा मास पर्यटनको विकास गर्ने उद्देश्यले सभाहल निर्माण सुरु गरिएको हो । साउन महिनामा बुढीराप्ती नदिमा आएको बाढीका कारण एक महिना निर्माणकार्य रोकिएको भएपनि कोरोना महामारीको प्रभावले सभाहल निर्माणको काम नरोकिएको रेलिगेर कन्स्टक्सन प्रा.लि. ललीतपुरका सिभिल इन्जिनियर राजेश थापामगरले जानकारी दिए ।

रेलिगेर कन्स्टक्सन प्रा.लि. ललीतपुरले ३५ करोड २२ लाख ७० हजारको ठेक्का सम्झौतामा सभाहल निर्माणको सुरु गरेको हो । २०६७ फागुन महिनाबाट सुरु भएको निर्माणको काम जग निर्माण सकिएर डिपीसी लेभलको काम भइरहेको इन्जिनियर थापामगरले बताए । अहिले सम्म १५ प्रतिशत काम सम्पन्न भएको छ । सभाहल निर्माणको काममा अहिले ३५ जना कामदार खटिएका छन । कोरोना महामारीले देश ठप्प हुँदा समेत मेयर नारायण वनको सक्रियतामा कामदारहरुलाई निर्माण स्थलमै सुरक्षित तरिकाले राखेर सभाहल निर्माणको कामलाई निरन्तरता दिइएको इन्जिनियर थापामगरले बताए । रत्ननगर नगरपालिकाको गौरभको आयोजना अन्तर्गत रहेको सो सभाहल पाँच तलाको बन्ने छ ।

दुर्लभ एकसिंगै गैंडाको आकृति मोडलमा बन्ने सो भवनको प्रवेशद्धारमा गैंडाको टाउँको बन्ने छ । एक हजार क्षमताको पाँच तले भवन सहित १५० क्षमताका ३ वटा छुट्टै भवन निर्माण हुने छ । सभाहलमा वाल निर्माण,बगैंडा सहित सेफ्टीट्याङ र रिजभ ट्याक्टी समेत निर्माण गरी सभाहल रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिने छ । २०७९ साल बैशाख अन्तिम सात सभाहलको निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको छ । ताकिएकै समयमा निर्माण सम्पन हुन्छ इन्जिनियर थापामगरले भने सबै पूर्वाधार बनाएर रंग रोगन गरी हामी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने वातावरण तयार गर्नेछौं ।

शहरी विकास तथा भवन निर्माण मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनाको व्यवस्थापनमा सभाहल निर्माण भइरहेको छ । रत्ननगर नगरपालिकाले भूमाफियाको कब्जाबाट फिर्ता गरेको जग्गामा नेपाल सरकारले सौराहा सभाहल निर्माण सुरु गरेको हो । पर्यटकीय नगरी सौराहामा ठुलो क्षमतामा मान्छे अट्ने सभाहल नभएका कारण पर्यटन विकासमा बाधा पुगेको थियो । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र रत्ननगरका मेयर नारायण वनको पहलमा सरकारले सौराहामा सभाहल निर्माण सुरु गरेको हो ।

भवन देख्ने वित्तीकै पर्यटक लोभिने खालको सभाहल निर्माण भइरहेको छ मेयर वनले भने सभाहल सञ्चालनमा आएपछि सौराहाको पर्यटनले थप गति लिने छ । कोरोना महामारीका कारण थलिएको सौराहाको पर्यटनलाई सभाहलले माथी उठाउन मेयर वनको विश्वास छ । सौराहा पर्यटनका लागि सबै किसिमका सेवाहरु उपलब्ध हुँदाहुँदै पनि मास पर्यटनको विका गर्न नसकिएको भन्दै सभाहलले मास पर्यटनको विकास गर्ने मेयर वनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार