चितवन : पूर्वी चितवनको खैरहनी १० कठारमा रहेका सीमान्कृत मुसहर समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । मेरो आमा फाउण्डेशन नेपालले बस्तीमा रहेका ३० परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
तिहार र छट पर्वका लागि फाउण्डेशनले प्रतिघरधुरी १ बोरा चामल ,दाल,तेल, साबुन,नुन, केराउ,मस्यौरा, भूजा,आलु र प्याज प्रदान गरेको हो । फाउण्डेशनका सञ्चालक नविन नेपालले बस्तीमै पुगेर सो सामाग्री हस्तान्तरण गरेका हुन । फाउण्डेशनले सीमान्कृत मुसहर समुदायको जीवन ापनलाई सहज बनाउन विगत डेढ बर्ष देखि विभिन्न सहयोग गर्दै आएको छ ।
शिक्षा,स्वास्थ्य,लत्ताकपडा र खानेकुरा सहयोग गर्दै आएको फाउण्डेशनले तिहार र छठ पर्वलाई लक्षित गरी पछिल्लो समय सो सहयोग गरेको हो । सो समुदायका वालवालिकाको शिक्षाको लागि फाउण्डेशनले स्टेशनरी,स्कुल पोसाक,जुता लगायत शिक्षामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आएको सञ्चालक नेपालले बताए । स्वास्थ्य सुरक्षाका लागि फाण्डेशनले बस्तीमै स्वास्थ्य शिविर गर्दै आएको छ ।
सो बस्तीका ३० परिवारका १७० जना रहेका छन । जर्मनी नागरिक हर्टमुट डरमष्टेडले फाण्डेशनलाई सहयोग गर्दै आएका छन । उसले लकडाउनको बेला सो बस्तीका मुसहर समुदायका लागि चार पटक विभिन्न सहयोग गरेका थिए ।

