चितवन : चितवनमा तिहार लक्षित किनमेलका लागि स्थानीयको घुइचो लागेको छ । दसैँ भन्दा दोब्बरले बजारमा भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले कार्तिक २८ गते भीडभाड नगरी पर्व मनाउन सुचना जारी गरेपनि बजारमा त्यो देखिएको छैन । किनमेल गर्नेहरु फुटपाथमा धेरै जम्मा हुँदै किनमेल गर्ने गरेका छन् ।

जिल्लामा संक्रमणको जोखिम कायम भएपनि किनमेलमा देखिने भीडले त्यसलाई वेवास्ता गरेको देखिन्छ । जिल्लाको नारायणगढ बजारको शहिदचोक, पुल्चोक, टांडी, पर्सा, भण्डारा लगाएत अन्य भित्री बजारहरु समेतमा भीड हुने गरी किनमेल गरिएको देख्न सकिन्छ ।

सवारी व्यवस्थापनमा ट्राफिक प्रहरी परिचालन भएपनि मानिसहरुवीचको भौतिक दुरी कायम गराउन भने प्रशासन असफल भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गुनासो बढेपछि सुरक्षा निकाय र स्थानीयतहसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।

स्वज्ञानी हुन जरुरी रहेपनि त्यसमा कमी भएको भन्दै उहाँले जोखिमबाट बच्न प्रशानसले पटक पटक आग्रह गरिरहेको बताउनुभयो । यसलाई स्थानीयले पूर्ण पालना गर्नुपर्ने बताउँदै चाडपर्वकै कारण कोभिड १९ को संक्रमण नहोस् भन्नेतर्फ व्यक्ति स्वयम पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार