रत्ननगर : डेक नेपालले तीन वटा जिल्लामा सञ्चालन गरेको परियोजनाले गरेका काम र उपलब्धीको विषयमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । डेक नेपालले चितवनमा सञ्चालन गरेको चेपाङ महिला सशक्तिकरण,धादिङ र मकवानपुरमा सञ्चालन गरेको पारस्पारिक जवाफदेहीता परियोजनाले गरेको काम,भएको खर्च र उपलब्धीको विषयम प्रारम्भीक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा परियोजनाले गरेको काम र लक्षित बर्गमा भएको परिर्वतनको प्रतिवेदन प्रस्तुत गरिएको डेक नेपालका निर्देशक जनक कार्कीले जानकारी दिए । कार्यक्रममा सहजकर्ता डा.मुरारी अधिकारीले तीन वटै जिल्लामा सञ्चालन गरिएको परियोजनाले गरेको कामहरुको प्रारम्भीक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कोपिला डंगोलले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेकी थिइन ।

कार्यक्रममा सहभागीहरुबाट परियोजनाको कामलाई थप प्रभावकारी बनाउने विषयमा सुझाब संकलन गरिएको डेक नेपालकी अर्चना चौधरीले जानकारी दिइन । कार्यक्रममा सहभागीहरुले चितवनमा सञ्चालन गरिएको चेपाङ महिला सशक्तिकरण परियोजनाको काम प्रभावकारी रहेको भन्दै प्रशंसा गरेका थिए । नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमिल्सिना प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल चेपाङ संघ कालिका नगर अध्यक्ष कृष्ण चेपाङ,पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा लगायतले मन्तव्य राखेका थिए । डेक नेपालका निर्देशक जनक कार्कीको अध्यक्षतामा भएको कार्यक्रम शेर बहादुर भण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार