चितवन : दशैँको अवसरमा रत्ननगर ८ का हेमराज महतोले सौराहा चोकमा रहेको सगरमाथा मोवाईलमा मोवाईल खरिद गरेका थिए । उनले जम्मा १३ हजार रुपैयाको नोकियाको मोवाईल किनेका थिए । त्यहि मोवाईलले उनलाई ४३ इन्चको एमआई फोरके स्मार्ट टेलिभिजन दिलायो ।

मोवाईल किन्दा टिभी उपहार पाएका हेमराजका पिता भन्छन “घरमा टिभी नभएको कारण पुरानो मनिटरमा टिभी कार्ड प्रयोग गरी टिभी हेर्नुपरेको थियो तर अब सगरमाथा मोवाईल द्वारा प्रदान भएको एम आई टिभीले आफ्नो टिभी हेर्ने चाहना भनेको जस्तै गरी पुरा हुने छ ।”

कामको सिलसिलामा हेमराज बुटवल बस्ने भएका हुदा उपहार लिन आएका हेमराजका पिता प्रशन्न मुद्रा मा देखिन्थे । उनि जिविका गुजार्न अटो चलाउने काम गर्छन ।

आफ्ना ग्राहक वर्गहरुलाई सन्तुष्टि प्रदान गर्न आफु १२ बर्ष देखि लागि परेको सगरमाथा मोवाईलका संचालक शंकर पौडेल बताउछन । आगामी मासिक ड्र मा २२ गते ओप्पोको स्मार्ट फोन एक जना भग्यमानी ग्राहकलाई प्रदान गर्ने समेत पौडेल बताउछन ।

https://www.facebook.com/ramu72999/videos/3717799728250744

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार