काठमाडौं : रिपोर्टर्स क्लबका अध्‍यक्ष एवं पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कन्ट्रयाक्ट ट्रेसिङमा परेको र परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

उनले भनेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार