खोटाङमा हेलिकप्टर दुर्घटना, १ जना घाइते

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा काठमाडौंबाट गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो । काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा  ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने  एक जना यात्रु सामान्य घाइते भएकोमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।  । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.