१ फाल्गुण, रत्ननगर ।
रत्ननगर–१० मा रहेको एकता शिशु निकेतनमा आज फुड फेष्टिवल कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुले स्वत: स्फुर्त रुपमा आफुले बनाउन जानेका खानाको परिकारहरु फेष्टिवलमा उपलव्ध रहेको थियो । ८/८ जनाको समूहमा कुल १२ वटा स्टल राखिएको उक्त कार्यक्रममा म:म, फ्रेन्च फ्राई, पकौडा, चिकेन रोल, पप्कन, लस्सी, चट्पट, फ्रुट सलाद, ससेज लगायतका खानाका विविध परिकार विद्यार्थीहरुले तयार गरेका थिए ।

विद्यार्थीहरुले तयार गरेका सम्पूर्ण खानाका परिकार विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले खरिद गरेका थिए । खानाका परिकारहरु स्वादिष्ट तथा स्वस्थ रहेको उपभोक्ताहरुको भनाई थियो । विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी विविध अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रिय बनाउन विद्यालयले कार्यतालिका नै बनाएर यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर