२६ पौष, रत्ननगर ।
हिजोबाट रत्नगर स्थित टिकौली चौरमा सुरु भएको १३ औं संस्करणको रत्ननगर महोत्सव आज भजनमय बनेको छ भने लोकप्रिय राष्ट्रिय कलाकारहरु नबिन पौडेल, कुशल बेलबासे तथा शान्तारानी परियारले दर्शकको उल्लेख्य साथ पाएका थिए । महोत्सवमा आज सम्पन्न भजन प्रतियोगितामा रत्ननगर ९ को धौलागिरी भजन समुहले प्रथम स्थान हासिल गरेको छ भने, कालिका भजन समूह, कालिका-२ दोस्रो, शिवशक्ति भजन समूह खैरहनी तेश्रो तथा सरस्वती भजन समूह रत्ननगर-१५ ले सान्त्वना स्थान हासिल गरेको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाको समन्वयमा सम्पन्न भजन प्रतियोगितामा लोक तथा दोहोरी गायक नबिन पौडेल, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टिकाराम शर्मा लामिछाने तथा संस्थाका उपाध्यक्ष वेद प्रसाद आचार्यले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । मोहोत्सवमा भोलि लोकप्रिय गायिका रचना रिमालको प्रस्तुती रहने रत्ननगर महोत्सव २०८२ का कला तथा संस्कृति संयोजक प्रकाशमणि सापकोटाले जानकारी दिनुभयो , भोलि नै गायिका सरिता गुरुङ श्रेष्ठ तथा पवित्रा यात्रीको प्रस्तुती रहने समेत सापकोटाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार