चितवन : चितवनमा अभद्र व्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । ड्युटीमा खटिएको समय चेकजाँच गर्ने क्रममा कारमा रहेका व्यक्तिहरुले प्रहरीलाई गाली गलौज तगा हातपात समेत गर्न खोजेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्तिक २२ गते बेलुका १० बजेको समय भरतपुर महानगरपालिका ०७ टाईगरचोक स्थित सडक खण्डमा बा ७ च ९६४९ नम्वरको कार चेकजाँच गर्दा कारमा सवार ४ जनाले अभद्र व्यवहार गरेका थिए ।
पक्राउ पर्नेहरुमा माडी नगरपाकिला वडा नम्वर ५ घर भई हाल भरतपुर ११ बस्ने बर्ष २६ को अर्जुन लामिछाने, बर्ष ३९ को कृष्ण प्रसाद पौडेल, खैरहनी नगरपालिका वडा नम्वर १२ बस्ने बर्ष २७ की प्रमिला थपलिया र राप्ती नगरपालिका वडा नम्वर ४ भण्डारा बस्ने बर्ष २२ की रिया घर्ति छन् ।

