काठमान्डौ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको छ।
सक्रिय संक्रमितको सख्या देशभरमा ३५ हजार ४ सय १९ रहेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १५ लाख ४० हजार ७७ पुगेको छ।

