चितवन : चितवनमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ । जिल्लामा हालसम्म ४ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । त्यसमध्ये १ हजार ६९३ जनामा कोरोना सक्रिय छ भने ३ हजार १८७ जना कोरोनामुक्त भएका छन् ।
जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित छन् । भरतपुरमा ३ हजार ४२४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा ६१५ जना, खैरहनी नगरपालिकामा ३५३ जना, राप्ती नगरपालिकामा २८२ जना, कालिका नगरपालिकामा १४५ जना, माडी नगरपालिकामा १०२ जना र इच्छाकामना गाउँपालिकामा ३१ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
भरतपुर अस्पतालमा मात्र कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएकोमा जिल्लामा भने हालसम्म ७२ जनाको मृत्यु भएको छ ।
यसैबीच भरतपुर अस्पतालमा उपचार गर्न आएकामध्ये हालसम्म ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा उपचार गर्न आएका र त्यहाँबाट स्वाब संकलन गरिएको मध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ७० वर्षमाथि उमेर समूहका ३१ जना छन् । ३१ मध्ये १६ जना रोगमुक्त भएर घर फर्कँदा ९ जनाले भने कोरोना संक्रमणका कारण ज्यान गुमाएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए । ६ जनामा कोरोना संक्रमण सक्रियरुपमा रहेको छ । ७० वर्षमाथि कुल संक्रमित मध्ये २९.०३{66c275d88c792f4eaf6bfde11fc3cab8f8003ea91964026cb868fbf4265d4566} को मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । यो उमेर समूहको मृत्युदर अन्य उमेर समूहको भन्दा उच्च हो ।

