काठमान्डौ : पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय ५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिवारको तथ्याङ्क सहित नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।

गत २४ घण्टामा कोभिड-१९ का कारण १७ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ८७ पुगेको छ।

कोरोनाभाइरस सङ्क्रमण मुक्त हुने कुल सङ्ख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४ सय ३५ छ।

पछिल्ला दिनहरूमा दैनिक परीक्षण गरिएका नमुनामध्ये २० प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार