रत्ननगर ८ चितवनका हेमराज महतोले मोबाइल खरिद गर्दा एमआइ टिभि उपहार स्वरुप प्राप्त गरेका छन् । सौराहा चोक स्थित सगरमाथा मोबाईल हाउसबाट मोबाईल किनेका महतोले ४३ इन्चको एमआइ टिभी उपहार पाएका हुन् ।
सगरमाथा मोबाईल हाउसले दशै तिहारको अवसर पारेर उपहार योजना ल्याएको थियो । पछिल्लो एक महिनामा मोबाइल खरिद गरेका बिच लक्की ड्र गरिएको हो । लक्की ड्रमा रत्ननगर ८ का महतोलाइ ४० हजार बराबरको टिभी उपहार परेको सगरमाथा मोबाईल हाउसका संचालक शंकर पौडेलले जानकारी दिए ।
उनले १३ हजारको नोकिया सि थ्री मोबाईल खरिद गरेका थिए । पछिल्लो एक महिनामा मोबाइल खरिद गरेका बिच लक्की ड्र गरिएको थियो । लक्की ड्रका प्रमुख अतिथी पुर्बी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले गोला थुतेका थिए । शनिबार टिभी प्राप्त गरेका महतो जिल्ला बाहिर रहेकाले अनुकुल समय मिलाएर हस्तान्तरण गरिने संचालक पौडेलले बताए ।
एक बर्से उपहार योजना अन्तर्गत आगामी २२ गते ओप्पोको स्माट मोबाइल फोन उपहार प्रदान गरिने सगरमाथा मोबाईल हाउसका संचालक पौडेलले बताए । एक एक महिनामा मोबाइल खरिद गरेका बिच प्रत्येक महिनाको २२ गते लक्की ड्र गरिने उनले जानकारी दिए ।

