काठमान्डू : देशैभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण भएको र ३० जनाको ज्यान छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ३ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएकाे २४ घण्टामा १३ हजार एक सय ४४ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार आठ सय ४४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ४४ हजार नाै सय ७८ पुगेको छ ।
अब नेपालमा ३६ हजार नाै सय ११ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार तीन सय पाँच जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

