काठमाडौं । देशैभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ३३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार ९ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार