यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा किंग्स इलावेन पञ्जाबले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ५४ नको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो ।
एसका लागि दीपक हुड्डाले राम्रो ब्याटिङ गरे । उनले ३० बलमा ३ चौका र ४ छक्कासहित अविजित ६२ रन बनाए ।
त्यस्तै, कप्तान केएल राहुलले २९, मयंक अग्रवालले २६, मन्दीप सिंहले १४, क्रिस गेलले १२ रन बनाए ।
बलिङमा सीएसकेका लुंगी एनगिडीले ३, शार्दुल ठाकुर, इमरान ताहिर र रवीन्द्र जडेजाले एकएक विकेट लिए ।

