चितवन : चितवनको भरतपुर महानगरपालिका ९ मिलनचोकमा ग्यासको बुलेटमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडानम्वर ५ बस्ने बर्ष २४ का मनोज सुनार रहेका छन् ।
आज दिउसो टाँडीबाट भरतपुर तर्फ आउदै गरेको एन एल ०१ एबी ९२३५ नम्बरको ग्यास बुलेटमा सोही दिशा बाट आउदै गरेको ना ४२ प ९७१५ नम्बरको मोटरसाइकल ओभर टेक गर्ने क्रममा ग्यास बुलेटको बिच भागमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।
ठक्कर पश्चात मोटरसाइकल चालक राप्ती ५ बस्ने बर्ष ४८ का खडक बहादुर सुनार मध्यम घाईते भई नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको र मोटरसाइकलको पछाडी सवार उहाँको छोरा गम्भीर घाइते भई उपचारको लागि सरकारी हस्पताल भरतपुरमा पठाईएकोमा बाटोमा नै मृत्यु भएको थापाले जानकारी दिनुभयो ।
शव सरकारी अस्पताल भरतपुरमा रहेको र दुबै सवारी साधन र ग्यास बुलेटका चालक नवलपुर जिल्ला गैडाकोट नगरपालिका १ बस्ने बर्ष ४२ को राजु कुमार थापा प्रहरीको नियन्त्रणमा रहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

