काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललतिपुरमा १ सय ६४ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ६ सय २० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ जना रहेका छन् ।

