चितवन : चितवनमा थप ९१ जनामा कोभिड १९ कोरोना भाइरस पुष्टि भएको छ । चितवन स्थित (सिएमसी) चितवन मेडिकल कलेजमा गरिएको ३५२ परिक्षण मध्य ९१ जनामा भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमित मध्य ५६ जना चितवनका र बाँकी ३५ जना अन्य जिल्लाका रहेका छन् । संक्रमितहरु भरतपुर महानगरपालिकाका ३७, रत्ननगर नगरपालिकाका ८, खैरहनी नगरपालिकाका ६, कालिका नगरपालिकाको ३ र राप्ति नगरपालिकाको १ जना रहेका छन् । त्यस्तै अन्य संक्रमितहरु नवलपुरका २२, मकवानपुरको ४, गोर्खाको १ त्यस्तै धादिङ्ग, कास्की, सिन्धुली, लम्जुङ्ग, कपिलबस्तु, परासी र बाराका १/१ जना छन् ।

