चितवन : चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

कात्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा ४ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाले मंगलबार साँझ नै मृत्यु भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कार्तिक ६ गते आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार