काठमान्डू : पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनामा कोरोना परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जनाले कोरोनालाई जितेका छन् । हाल सम्म यो संक्रमण मुक्त हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ ।
हाल सम्म कोरोना भाईरसका कारण नेपालमा ८४७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५ जनाले ज्यान गुमाएका हुन् । आज थपिएका संक्रमितहरु मध्ये १ हजार ६७ महिला र १ हजार ७ सय ८९ पुरुष रहेको पनि मन्त्रालयले जनाएको छ ।

