कार्तिक ६ , रत्ननगर : रत्ननगर जुनियर जेसिजले गत अशोज २९ गते देखि सुरु गरेको सप्ताहव्यापी कार्यक्रम हिजो एक समारोह आयोजना गरि समापन गरेको छ । सौराहाचोक स्थित होटल सौराहा गेट वे मा आयोजना गरिएको समापन कार्यक्रममा रत्ननगर जेसिज वर्ष २००२ का अध्यक्ष जेसी पुरुषोत्तम रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले वर्ष २०२० अन्तर्गत नेपालमै पहिलो पटक आयोजना भएको जुनियर जेसिज सप्ताह रत्ननगरले आयोजना गरेकोमा खुसि व्यक्त गर्दै रत्ननगर जुनियर जेसिजलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा नारायणगढ जेसिज वर्ष २०२० का अध्यक्ष जेसी अनुज जोशी, रत्ननगर जेसिज वर्ष २०१४ अध्यक्ष जेसी उमेश गिरी, रत्ननगर जेसिज वर्ष २०१७ का अध्यक्ष जेसी सुरेश चन्द्र आचार्य, रत्ननगर जेसिज २०२० का अध्यक्ष जेसी प्रदिप अधिकारी, जुनियर जेसिज कोअर्डीनेटर जेसी नरहरि पुरी, जुनियर जेसिज वर्ष २०१५ अध्यक्ष जेसी सुमन पौडेल, जुनियर जेसिज वर्ष २०१७ अध्यक्ष जेसी विराज खनाल अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रम रत्ननगर जुनियर जेसिज वर्ष २०२० का अध्यक्ष जु जेसी बिदुर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
रत्ननगर जुनियर जेसिजले सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत असोज २९ गते समुद्घाटन कार्यक्रम तथा जु जेसी प्रज्ञा पौडेलको संयोजनमा फ्रन्टलाइनर्स सम्मान कार्यक्रम, असोज ३० गते जु जेसी विमर्श अधिकारीको संयोजनमा रत्ननगर १० मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्ध वृद्धाहरुलाई पौष्टिक आहार वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम, । कार्तिक १ गते जु जेसी रोशन तिमल्सिनाको संयोजनमा खुल्ला रक्तदान कार्यक्रम, कार्तिक २ गते जु जेसी सन्दर्भ खनालको संयोजनमा बृक्षारोपण कार्यक्रम, कार्तिक ३ गते जु जेसी रेनुका ढकालको संयोजनमा आईटि ट्रेनिङ्ग, कार्तिक ४ गते जु जेसी सगुन रेग्मीको संयोजनमा वृहत सरसफाई कार्यक्रम, कार्तिक ५ गते जु जेसी सल्भा मगर र जु जेसी प्रियंका अधिकारीको संयुक्त संयोजनमा इपिएस ट्रेनिंग कार्यक्रम आयोजना गरेको थियो ।
रत्ननगर जुनियर जेसिजको इतिहासमा सप्ताहव्यापी कार्यक्रम भएको यो नै पहिलो हो ।

