चितवन : चितवनमा थप एक जना कोरोना भाइरस संक्रमितको ज्यान गएकाे छ ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-१० का ७८ वर्षीय पुरुषको साेमबार राति ज्यान गएको हो । ती पुरूषमा असाेज २३ गते संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।

असाेज २४ गते अस्पतालकाे आइसीयूमा भर्ना भएका ती पुरूषकाे उपचारकै क्रममा ज्यान गएकाे हाे । चितवनमा काेराेनाबाट संक्रमित र निधन हुनेकाे संख्या बढ्ने क्रम जारी छ । चितवनमा थप ७२ जनामा संक्रमण पुष्टि भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार