काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९ सय २३ र होम आइसोलेशनमा १९ हजार ९ सय ५७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार