चितवन। पूर्वी चितवनको कालिका नगरपालिकामा कटेजमा जुवातास खेलिरहेका ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नं. ४ स्थित ग्रिन टप कटेजमा एक आपसमा वाजी थापी/थाप्न लगाई हारजित हुनेगरी जुवातास खेलि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

प्रहरीले जुवाडे संगै नगद रु २ लाख २९ हजार ७ सय ८० रुपैया बरामद गरेको छ। पक्राउ पर्नेहरुमा कालिका नगरपालिका ४ बस्ने ३७ बर्षीय बल बहादुर नेपाली, ३५ बर्षीय हरीराम लामा, ४० बर्षीय कुमार चौधरी, ३८ बर्षीय हरि जिसी र ३८ बर्षीय नवराज परियार छन्। उनीहरुलाई जुवा कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविन कार्कीले पछिल्लो समय पूर्वी चितवनमा हुने अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न बिशेष योजनाका साथ काम गरिरहनु भएको छ।

उहाँले पूर्वी चितवनमा हुने जुवातास, लागुऔसध नियन्त्रण लगाएत अपराधिक गतिविधी रोक्न एक्सनका रुपमा जानु भएको छ। चाडपर्व नजिकिए संगै बृहत सुरक्षा योजना लागु गरेर उहाँले पूर्वी चितवनमा सुरक्षा र अमनचयन गराउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार