चितवन : नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा चितवनकि चेली प्रमिशा काफ्लेको उमेद्वारी परेको छ । शारदानगर जेसिजको अध्यक्ष समेत रहेकी काफ्लेले आफ्नो उम्मेदवारी दर्ता गराएको बताएकी छिन ।
जेसिज अभियानमा बिगत ५ वर्ष भन्दा लामो समय देखि होमिएकी काफ्ले समाज सेवामा रुचि राख्छिन ।
युवाको सहि परिचालनले सकारात्मक परिवर्तन सम्भव हुने बताउने काफ्लेले पछिल्लो ५ वर्षमा विभिन्न तालिमहरु लिदै, जेसिजको विभिन्न भूमिकामा प्रस्तुत हुदै आफुलाई निखार्नु भएको छ ।
नेपाल जेसिजमा तपाईको उमेद्वारी किन भन्ने प्रश्नमा काफ्ले भन्नुहुन्छ : “जेसीजमा रही लामाे समयदेखि क्रियासिल भइ स्थानिय स्तरमा रहेका युवाहरूलाई उत्प्रेरित गरी व्यक्तित्व तथा नेतृत्व बिकास गर्दै समुदायमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्न सफल भएकाेमा निकै सन्तुष्ट महशुस गरेकाे छु, साथै आफ्नो कार्य क्षेत्र बिस्तार गर्ने क्रममा राष्ट्रिय उपाध्यक्ष पद हासिल गरी थप उर्जासिल भइ सिङ्गाे राष्ट लाई नै समेटि जेसीजकाे औचित्य र प्रभाव बुलन्द बनाउनका लागी मेरो उमेद्वारी प्रस्तुत भएको छ ।”
जेसिजमा महिला नेतृत्व स्थापित गर्नका लागी काफ्लेको बिजय सुनिस्चित होस् सफलताको अग्रिम शुभकामना ।

