काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या १ लाख नाघेको छ ।

उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० ललितपुरमा १ सय ६३ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२.५ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ रहेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६०० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार