काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २ हजार ५ सय ४० काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २६ हजार ६८४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ९ जना र संस्थागत आईसोलेसनमा ११ हजार ७१७ जना छन् । तिमध्ये २३५ जना संक्रमितको आईसियु र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ४६० जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो ।
हिजो (बुधवार) नेपालमा ३ हजार ४३९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १२६ जना संक्रमणमुक्त भएका थिए भने १५ जनाको मृत्यु भएको थियो ।

