पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै एकै दिनमा देखिएको सबै भन्दा धेरै संक्रमण आजैको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् ।
यससँगै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ ।
त्यस्तै आज थप ११ सय २९ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । देशभरका प्रयोगशालामा १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ। २५ हजार सक्रिय संक्रमित रहे निषेधाज्ञा गर्ने भनिएता पनि सरकारी तवर बाट त्यस्तो ठोस कदम हाल सम्म चालिएको छैन ।

