काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७८४ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार १३ सय २९ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार