चितवन : केही दिनको फरकमा कोरोना संमितको मृत्यु भइरहेको तथ्याङ्क चितवन जिल्लाका विभिन्न अस्पताल विशेष गरी भरतपुर सरकारी अस्पताल, चितवन मेडिकल कलेज र पुरोना मेडिकल कलेजबाट आइरहेपनि जिल्लामा ६३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार हालसम्म कुल संक्रमितको १ प्रतिशको मात्रै कोरानाबाट मृत्यु भएको छ । अहिले जिल्लामा ३६ प्रतिशत संक्रमितले उपचार गराइरहेका छन् ।
जिल्लामा हाल कुल संक्रमितको सख्या २१ सय ६६ पुगेको छ । २१ हजार ७ सय ७ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । जिल्लामा सक्रिय संक्रमितको सख्या भने ८४२ जना रेहका छन् । ८४२ मा ५९२ जना होम आइसोलेसनमा र २५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । १ हजार ३ सय ३ जना निको भइसकेका छन् । जिल्लाका ७ स्थानीय तहमध्ये धेरै भरतपुर महानगरपालिकामा १३९९ जना, रत्ननगर नगरपालिकामा ३१८, खैरहनी नगरपालिकामा १५९, राप्ती नगरपालिकामा १४५, कालिका नगरपालिकामा ७४, माडिमा ५८ र इच्छाकामना गाउँपालिकामा १३ जना संक्रमित हुन पुगेका थिए ।
हालसम्म चितवन जिल्लामा २२ जनाको कोरोनाबाट मृत्यु भएको छ । जसमा १४ जना पुरुष र ८ जना महिला रहेका छन् । मृत्यु हुनेमा ५१ देखि ७० वर्षका धेरै छन् जहाँ १० जनाको मत्ृुय भएको छ । बालवालिकाको भने हालसम्म मृत्यु भएको छैन । २१ देखि ३० वर्ष उमेर समुहका २ जनाको ज्यान गएको तथ्याङ्कले देखाएको छ । ८० वर्ष माथिका ३ जना, ७१ वर्षदेखि ८० वर्षका ३ जना,११ देखि २० वर्षका १ जना, ३१ देखि ४० वर्षका २ जना, ४१ देखि ५० वर्षका १ जनाको मृत्यु भएको छ ।

