चितवन : चितवनमा कोरोना संक्रमणबाट ज्यान जानेकोको संख्या २९ पुगेको छ । जसमध्य चितवनका मात्रै १७ जना संक्रमितको ज्यान गएको छ भने बाकि १२ जना आसपासका जिल्लामा रहने छन् ।
चितवन मेडिकल कलेजमा उपचारत गैडाकोट नगरपालिका वडा नम्बर ९ निवासी ६२ बर्षिय एक महिलाको गएराती मृत्यु भएको छ । भदौं १७ गते कोरोना पुष्टि भई कोभिड आइसियूमा उपचारको क्रममा गएराति ११ं.३० बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ। निजलाई स्वासप्रश्वासको समस्या को कारण अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार