काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
बितेको २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ रहेको छ । संक्रमितमध्ये ७३ प्रतिशतभन्दा बढी निको भएका छन् । यो संक्रमणका कारण नेपालमा ज्यान जानेको संख्या ३ सय ४५ पुगेको छ ।

