भरतपुर : प्राथमिक उपचार दिवसको अवसर पारी लायन्स क्लब र लियो क्लबले भरतपुरमा रक्तदान कार्यक्रम गरेका छन् ।

लायन्स क्लब अफ बैदिकनगर भरतपुर र लियो क्लव अफ बैदिकनगर भरतपुरको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए ।

भरतपुर ४ धर्मचोकमा भएको कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ बैदिकनगरका अध्यक्ष कृष्णबहादुर खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य, लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ का डिस्ट्रिक कोअर्डिनेटरहरु गणेश ढकाल, दिननाथ न्यौपाने, नवराज सापकोटा, एरिया नम्बर ३ का एरिया चिफ प्रभाकर पण्डित लगायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार