काठमाडाैं : पछिल्लो २४ घण्टायता काठमाडाैंमा मात्रै ४ सय ९५ जनामा काेरोना पुष्टि भएको छ। जसमा १ सय ४७ महिला छन्।
त्यस्तै भक्तपुरमा ३४ जनामा कोरोना देखिएको छ । जसमा २२ जना पुरुष छन्। त्यस्तै ललितपुरमा ४३ जना संक्रमित थपिएका छन्।
काठमाडाैं उपत्यकामा तीन जिल्लामा गरी ५ सय ७२ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा देशैभर १२ सय ४६ जनामा संक्रमण देखिएको छ।

