काठमाडाैं : पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए।
यस्तै, पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ। यो संख्या कुल संक्रमितको ६५ प्रतिशत रहेको पनि प्रवक्ता गौतमले बताए।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ छ। हाल क्वारेन्टाइनमा ४ हजार ७३९ जना छन्।
यो संक्रमणका कारण ज्यान जानेको संख्या ३०० पुगेको छ भने पछिल्लो २४ घण्टामा ११ को ज्यान गएको छ ।

