चितवन : चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज (आइतबार) दिउँसो ४ बजेसम्ममा जिल्लामा संक्रमितको संख्या ९८६ रहेको छ । जसमध्ये ७९४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै १८० जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । यहाँ कुल संक्रमितको संख्या ६४६ रहेको छ भने ५३१ जना हाल आइसोलेसनमा छन् । यस्तै १०७ जना निको भएर घर फर्किएका छन् ।

यसैगरि धेरै संक्रमित रहेको दोस्रो स्थानमा रत्ननगर नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या ११६ रहेको छ । जसमध्ये १०७ जना आइसोलेसनमा छन् भने ८ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै तेस्रो स्थानमा राप्ती नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या ९७ पुगेको छ भने ८४ जना हाल आइसोलेसनमा रहेका छन् । यहाँका १२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै चौथो स्थानमा खैरहनी नगरपालिका रहेको छ । यहाँ ५२ जना संक्रमित रहेका छन् । जसमध्ये ४४ जना आइसोलेसनमा रहेका छन् भने ६ जना मात्रै निको भएका छन् ।

त्यस्तै पाँचौ स्थानमा माडी नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या ५२ रहेको छ भने ११ जना मात्रै हाल आइसोलेसनमा छन् । ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै छैटौं स्थानमा कालिका नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या १९ जना रहेका छन् । जसमध्ये १४ जना आइसोलेसनमा छन् भने ५ जना निको भएर घर फर्किएका छन् ।

यस्तै जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कुल संक्रमितको संख्या ४ रहेको छ । जसमध्ये ३ जना आइसोलेसनमा छन् भने एक जना निको भएर घर फर्किएका छन् ।

कोरोन संक्रमणबाट चितवनका १२ जनाले ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकाका रहेका छन् । आइतबार दिउँसोसम्ममा भरतपुरका ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै खैरहनी नगरपालिकाका २ जना, राप्ती र रत्ननगर नगरपालिकाका एक÷एक जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार