काठमाडाैं :पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३२६ सहित देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङका क्रममा शनिबार जनाएको छ ।

देशभर १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४९ महिला र ६ सय ९२ महिला गरी १ हजार ४१ जना संक्रमित भएका हुन् । थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४ सय ८ जना संक्रमित भएका छन् । काठमाडौंमा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ जना पुगेको छ ।

नेपालमा संक्रमित निको हुने दर ६० प्रतिशत पुगेको छ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या २८० पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार