रत्ननगर : रत्ननगर १० मा रहेको प्रहरी बिट कृष्ण मन्दिरलाई १ थान टेबुल र २ थान कुर्ची हस्तान्तरण गरिएको छ । रत्ननगर १० कृष्णमन्दिरमा अवस्थित कृष्ण मन्दिर डेरीका संचालक बसन्त ढुंगानाले सो सहयोग गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका इलाका प्रहरी कार्यालय टांडीका प्रमुख डि. एस. पी. रबिन कार्कीले सो कार्यक्रममा बोल्दै प्रहरी हरु फेरीए पनि कार्यालय जहाको तहीं रहने हुदा स्थानीयको अपनत्वको भावनाले नै प्रहरी र जनताको हातेमालो स्मरणयोग्य रहने बताउनु भयो । साथै उहाले भन्नुभयो “प्रहरी जनता मै समर्पित छ , कहिले कसो हुने छिटफुट घटनामा जनताको सुझाव सहि मार्गदर्शक बन्न सक्छ” ।
कार्यक्रममा कृष्ण मन्दिर डेरीका संचालक बसन्त ढुंगाना र कार्यक्रमको सभाध्यक्ष श्रीकृष्ण मन्दिर टिकौली कि अध्यक्ष महादेवी खतिवडाले संयुक्त रुपमा प्रहरी बिट कृष्णमन्दिरका प्रमुख हवल्दार घनश्याम थापालाई टेबुल कुर्ची हस्तान्तरण गर्नुभएको थियो ।

